४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि
अ+ अ-

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । सर्वोच्च अदालतले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने फैसला गरेपछि उनीहरुले उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

यसै सन्दर्भमा वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पुनः महानगर प्रमुखमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् ।

सरावगीले महानगर उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । उनले शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख कार्कीले बताउनुभयो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ गते आइतबार र १२ गते सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । सर्वोच्चको फैसलाअनुसार आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार दर्ता गर्नुअघि राजीनामा दिनुपर्ने व्यवस्था छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट महानगर प्रमुखमा विजयी भएका सरावगी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै मुलुकभर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि स्थानीय तहका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेको बताइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छिन् । सत्ताधारी गठबन्धनबीच महानगरपालिकामा तालमेल गरी निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेसँगै सत्तारुढ गठबन्धनको बैठकले भरतपुर महानगरपालिकाको प्रमुख पद नेकपा (माओवादी केन्द्र) को पोल्टामा परेको थियो । अब सो महानगरको प्रमुखका लागि सत्तारुढ गठबन्धनबाट रेनु दाहालले उम्मेदवारी दिने बताइएको छ ।