• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

मानव अधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन निगरानी समितिको माग



काठमाडौ । जवाफदेहिता निगरानी समितिले मानव अधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन आग्रह गरेको छ ।

समितिले एक बिज्ञप्ति जारी गर्दे मानवअधिकार उल्लंघनलाई प्रत्यक्ष वा परोक्ष रुपमा सघाउ पु¥याउने व्यक्तिलाई नामाङ्गकन (टिकट) सिफारिस नगर्न सम्बन्धित राजनीतिक दलहरुलाई निगरानी समिति हार्दिक आग्रह गर्दछ । साथै त्यस्ता मानवअधिकारविरुद्ध कार्य गर्ने वा उभिने, व्यक्तिहरुलाई मतदान नगर्न सवै मतदाताहरुलाई निगरानी समितिले आव्हान गरेको छ ।

समितिको आव्हान पत्रको पूर्णपाठ

मानव अधिकारका अलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन निगरानी समितिको अपिल ।

मितिः २०७९ बैशाख ९ गते

यही २०७९ बैशाख ३० गते मुलुकभर सम्पन्न हुन गईरहेको स्थानीय सरकारको सन्दर्भमा जवाफदेहीता निगरानी समिति निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल तथा आफ्नो अमुल्य मत प्रयोग गरी जनप्रतिनिधि छान्न तयार हुनु भएका सबै मतदाताहरुको निम्न बिषयमा विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।

लोकतान्त्रिक प्रणाली विधि तथा पद्धति बमोजिम चल्ने, दण्डहिनतारहित तथा नागरिकले भरोसा गर्नसक्ने उच्चतम राजनीतिक ब्यवस्था हो । मानव अधिकार र कानुनी शासनको जगमा सञ्चालन हुने यस प्रणालीको स्वच्छता तथा प्रभावकारीता कायम राख्नु हामी सबै नागरिकको कर्तब्य हो । तसर्थ, यस निर्वाचन प्रकृयामा भाग लिएका सबै राजनीतिक दल तथा जनप्रतिनिधि छान्ने हरेक मतदाताको बिशेष जिम्मेवारी र संघीय लोकतान्त्रिक राजनीतिक ब्यवस्थाको स्थायीत्व र प्रभावकारीताका लागि उमेदवार छनौटमा मानव अधिकार उलंघनकर्ता (अदालतबाट दोषी ठहर भएका, अदालतमा मुद्दा चलेका,जाहेरी परेका, राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेका तथा अन्य विश्वस्नीय अनुसन्धानबाट मानव अधिकार उलंघनमा संलग्न देखिएका) वा मानवअधिकार उल्लंघनलाई प्रत्यक्ष वा परोक्ष रुपमा सघाउ पु¥याउने व्यक्तिलाई नामाङ्गकन (टिकट) सिफारिस नगर्न सम्बन्धित राजनीतिक दलहरुलाई निगरानी समिति हार्दिक आग्रह गर्दछ । साथै त्यस्ता मानवअधिकारविरुद्ध कार्य गर्ने वा उभिने, व्यक्तिहरुलाई मतदान नगर्न सवै मतदाताहरुलाई निगरानी समिति हार्दिक आव्हान गर्दछ ।

साथै, मुलुकमा बढ्दै गएको दण्डहीनताको अन्त्य गरी सुशासन, मानव अधिकारको सम्मान, स्वच्छ शासन प्रणाली तथा दिगो लोकतन्त्र स्थापनाका लागि मानव अधिकार उलंघनमा संलग्न रहेका वा खराव ट्याक रेकर्ड भएका जुनसुकै दलको उमेदवार भएपनि बहिस्कार गर्न हामी सबै जिम्मेवार मतदातालाई जोडदार अपिल गर्दछौं ।
जवाफदेहिता निगरानी समितिको तर्फवाट

चरण प्रसाई, संयोजक
ओम प्रकाश सेन ठकुरी