४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मानव अधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन निगरानी समितिको माग

मानव अधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन निगरानी समितिको माग
अ+ अ-

काठमाडौ । जवाफदेहिता निगरानी समितिले मानव अधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन आग्रह गरेको छ ।

समितिले एक बिज्ञप्ति जारी गर्दे मानवअधिकार उल्लंघनलाई प्रत्यक्ष वा परोक्ष रुपमा सघाउ पु¥याउने व्यक्तिलाई नामाङ्गकन (टिकट) सिफारिस नगर्न सम्बन्धित राजनीतिक दलहरुलाई निगरानी समिति हार्दिक आग्रह गर्दछ । साथै त्यस्ता मानवअधिकारविरुद्ध कार्य गर्ने वा उभिने, व्यक्तिहरुलाई मतदान नगर्न सवै मतदाताहरुलाई निगरानी समितिले आव्हान गरेको छ ।

समितिको आव्हान पत्रको पूर्णपाठ

मानव अधिकारका अलंघनकर्तालाई जनप्रतिनिधि नबनाउन निगरानी समितिको अपिल ।

मितिः २०७९ बैशाख ९ गते

यही २०७९ बैशाख ३० गते मुलुकभर सम्पन्न हुन गईरहेको स्थानीय सरकारको सन्दर्भमा जवाफदेहीता निगरानी समिति निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल तथा आफ्नो अमुल्य मत प्रयोग गरी जनप्रतिनिधि छान्न तयार हुनु भएका सबै मतदाताहरुको निम्न बिषयमा विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।

लोकतान्त्रिक प्रणाली विधि तथा पद्धति बमोजिम चल्ने, दण्डहिनतारहित तथा नागरिकले भरोसा गर्नसक्ने उच्चतम राजनीतिक ब्यवस्था हो । मानव अधिकार र कानुनी शासनको जगमा सञ्चालन हुने यस प्रणालीको स्वच्छता तथा प्रभावकारीता कायम राख्नु हामी सबै नागरिकको कर्तब्य हो । तसर्थ, यस निर्वाचन प्रकृयामा भाग लिएका सबै राजनीतिक दल तथा जनप्रतिनिधि छान्ने हरेक मतदाताको बिशेष जिम्मेवारी र संघीय लोकतान्त्रिक राजनीतिक ब्यवस्थाको स्थायीत्व र प्रभावकारीताका लागि उमेदवार छनौटमा मानव अधिकार उलंघनकर्ता (अदालतबाट दोषी ठहर भएका, अदालतमा मुद्दा चलेका,जाहेरी परेका, राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेका तथा अन्य विश्वस्नीय अनुसन्धानबाट मानव अधिकार उलंघनमा संलग्न देखिएका) वा मानवअधिकार उल्लंघनलाई प्रत्यक्ष वा परोक्ष रुपमा सघाउ पु¥याउने व्यक्तिलाई नामाङ्गकन (टिकट) सिफारिस नगर्न सम्बन्धित राजनीतिक दलहरुलाई निगरानी समिति हार्दिक आग्रह गर्दछ । साथै त्यस्ता मानवअधिकारविरुद्ध कार्य गर्ने वा उभिने, व्यक्तिहरुलाई मतदान नगर्न सवै मतदाताहरुलाई निगरानी समिति हार्दिक आव्हान गर्दछ ।

साथै, मुलुकमा बढ्दै गएको दण्डहीनताको अन्त्य गरी सुशासन, मानव अधिकारको सम्मान, स्वच्छ शासन प्रणाली तथा दिगो लोकतन्त्र स्थापनाका लागि मानव अधिकार उलंघनमा संलग्न रहेका वा खराव ट्याक रेकर्ड भएका जुनसुकै दलको उमेदवार भएपनि बहिस्कार गर्न हामी सबै जिम्मेवार मतदातालाई जोडदार अपिल गर्दछौं ।
जवाफदेहिता निगरानी समितिको तर्फवाट

चरण प्रसाई, संयोजक
ओम प्रकाश सेन ठकुरी