४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

माओवादी आन्दोलनबाट विभाजित नेता, कार्यकर्ताहरुलाई एकतामा आउन प्रचण्डको आव्हान (भिडियोसहित)

माओवादी आन्दोलनबाट विभाजित नेता, कार्यकर्ताहरुलाई एकतामा आउन प्रचण्डको आव्हान (भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आव्हान गर्नुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आव्हान गर्नुभएको हो । उहाँले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकतावद्ध हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पुरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस् । म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहान्छु । आउनुहोस् अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु, मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइ नै राखेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिलेपनि यो देशका महिला, दलित, आदिबासी, जनजाति, मधेशी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन ।

त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु, यो परिवर्तनको निम्ति त्याग र बलिदानका किर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रीत हुन जरुरी छ । माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ति हुनसक्छ, फेरी निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसको निम्ति कसरत भई नै राखेको छ । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहान्छु ।’

अध्यक्ष दाहालले विगतमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि नेकपा(एमाले)सँग एकिकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताउनुभयो । उहाँले एमालेभित्रका वाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र संघर्ष गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘सम्पूर्ण एमालेभित्रका ति इमान्दार कम्युनिष्टहरु, जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो । हुनुहुन्छ अहिलेपनि । कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ, भनिराख्नु भएको छ अहिलेपनि उहाँहरुलाई गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले, लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरी एकचोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुछ ।’

अध्यक्ष दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुविकरणको प्रक्रिया सुरु भएको बताउनुभयो । विगतमा पार्टी छोडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मुल घरमै फर्किने क्रम बढेको उहाँको भनाई छ ।