१० मंसिर २०८१, सोमबार
,
Latest
नितिष राणालाई राजस्थानले ४ करोड २० लाखमा किन्यो भुवनेश्वर कुमार १० करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान (अन्तरवार्ता) तुषार देशपाण्डेलाई राजस्थान रोयल्सले ६ करोड ५० लाखमा किन्यो आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारी र आश्रितको शालिक तोडफोड घटनाप्रति फाउण्डेशनको ध्यानाकर्षण



अ+ अ-

काठमाडौ । मदन भण्डारी फाउण्डेशनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेशनका सचिव पेम्बा लामाले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक र सामाजिक रूपान्तरणको आन्दोलनमा होमिए बापत मृत्युवरण गर्नुपरेका दुई जना लोकप्रिय नेताहरूको नाममा स्थापित संरचनाहरूलाई क्षति पुर्‍याउनु वा उहाँहरूको शालिक तोडफोड गर्नु एउटा विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहारको द्योतक भएको जनाउनु भएको छ ।

बिज्ञप्तिमा भनिएकोछ “लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको स्थानीय निर्वाचनको प्रक्रिया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरूलाई चुनौती दिएको अनुभूति भएको छ ।”

फाउण्डेशनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

बिहिबार राती अज्ञात समूहले दिव्य बाल पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको थियो ।

तोडफोड पछि मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको थियो ।