४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
अ+ अ-

बागमती। अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ ।

डिभिजन वन कार्यालय, राप्ती, मनहरीको आयोजना र भर्‍याङ  कालिका सामुदायिक वनको व्यवस्थापन र राक्सिराङ गाउँपालिकाको समन्वयमा मूर्ति निर्माण गरिएका थिए । विसं २०८० असार १८ गते बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्राण प्रतिष्ठा गरिएको थियो ।

जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै प्रसिद्ध दूधमतिबाट ल्याइएको जलले ती मूर्तिमा सेचन गरिनुले पनि यहाँको धार्मिक महिमा र गरिमालाई अझै बढाएको छ ।

यस क्षेत्रमा प्राकृतिक रुपमा नै उम्रिएका अशोकका रुख छन् । परिसरलाई अशोक बाटिकाकै रुपमा विकास गर्ने सोच राखिएको डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले जानकारी दिनुभयो ।

“हामी यहाँका अशोकका वृक्षलाई संरक्षण गर्दै थप बिरुवासमेत रोप्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यस परिसरलाई व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिपरेका छौँ ।” सीता अशोक बाटिका नाम दिइएको यस स्थानमा राखिएको सीता र त्रिजटाको मूर्ति विश्वमै दुर्लभ रहेको विश्वास गरिन्छ ।

केही धर्म गुरुले भगवान्सँगै राक्षसको मूर्ति राख्न हुँदैन भन्ने तर्क राखेका थिए । राक्षस पक्षधर भए पनि एउटी महिलामाथि परेको सङ्कटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई भूमिकाका आधारमा भगवान्सरह नै मान्नुपर्ने तर्क गरिएको स्थानीयवासी बताउँछन् ।

लङ्कामा सीतालाई अपहरण गरेर रावणले लगेपछि सीताको रेखदेखका लागि राखिएकी त्रिजटाले सीतालाई हौसला प्रदान गरेको धर्मग्रन्थमा उल्लेख छ । बाँदर सेनासहितका राम लक्ष्मणले लङ्कामा जित्दै गरेको र छिट्टै सीता र रामको भेट हुने अवस्था रहेको सकारात्मक सन्देश प्रवाह गरेर त्रिजटाले सीतालाई हतोत्साही हुनबाट रोकेका विभिन्न किंवदन्ती रहेका छन् । उक्त मूर्ति मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले साढे दुई महिना लगाएर बनाउनुभएको हो ।

यो क्षेत्रलाई प्रकृति र संस्कृतिको अनुपम सङ्गमस्थलका रुपमा विकास गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाले बताउनुभयो ।

उहाँका अनुसार राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना र चमेरे गुफाँसँगै पलाँसेस्थित सीता अशोक बाटिका, भर्‍याङ  कालिका मन्दिर आदिलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउन खोजिएको छ ।

यहाँस्थित भर्‍याङ  कालिकामा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको छ । त्यसदिन पूर्वको विराटनगरदेखि पश्चिमको बुटवलसम्मका मानिस मेला भर्न आउने गरेको उहाँले बताउनुभयो ।

उक्त दिन पूजाआजा गरेमा मनोकामना सिद्ध हुने विश्वासले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । मङ्सिर पूर्णिमाका दिन करिब ३० हजारको सङ्ख्यामा दर्शनार्थी मेलामा सहभागी बन्ने गरेको उहाँले जानकारी दिनुभयो ।

राम र रावणको दरबार बनाउने दीर्घकालीन सोच

रावणले सीतालाई हरण गरेर अशोक बाटिकामा लगेर राखेको परिवेशलाई जीवन्त रुपमा चित्रण गर्नेगरी यहाँस्थित सीता अशोक बाटिका परिसरमा रावणको दरबार बनाउने सोच राखिएको छ ।

वडाध्यक्ष वाइबाका अनुसार परिसरमा अशोक बाटिकासँगै पारी पचभैयामा विशाल हनुमानको मूर्तिसहित रामको दरबार बनाउने सोच छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को तयारी गरिएको छ । सो योजनालाई सम्पन्न गर्न करिब रु १५ करोड बराबरको लागत अनुमान छ ।

“हामी यस क्षेत्रलाई बागमती प्रदेशमा आएका पर्यटकलाई न्यूनतम एक दिन बिताउनसक्ने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ भन्ने सोचमा छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट साथ, सहयोग पाउने विश्वासमा छौँ ।”

सीता अशोक बाटिका, जलपरी झरनाका साथै यहाँको चेपाङ सङ्ग्रहालयलगायत गन्तव्यलाई समेटेर महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सञ्चारकर्मी रामकुमार एलन बताउनुहुन्छ ।

“सबैको एकताबद्ध प्रयास भएमा यो क्षेत्र प्रकृति, संस्कृतिसँगै धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “आवश्यक पूर्वाधारको विकास गर्न सकिएमा आन्तरिक पर्यटकका अलावा मित्रराष्ट्र भारतबाट हेटौँडा आउने पर्यटकलाई न्यूनतम एक दिन घुम्नैपर्ने गन्तव्यका रुपमा यस क्षेत्रलाई स्थापित गर्न सकिन्छ ।” रासस