४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै

गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
अ+ अ-

म्याग्दी। म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिए।

सिँचाइ सुविधा विस्तारका लागि छ हजार पाँच सय ८० मिटर पक्की नहर, पाँच हजार नौ सय मिटर पाइपलाइन जडान र ५९ वटा विभिन्न संरचना निर्माण भएका छन्। खानेपानीतर्फ १२ किलोमिटर सात सय ७० मिटर मुख्य, ६९ दशमलव १४ किलोमिटर शाखा, तीन सय २० घनमिटर क्षमताका २० वटा पानी सङ्कलन गर्ने ट्याङ्की र एक सय ७८ वटा अन्य संरचना निर्माण भएका छन्।

यस्ता छन् सम्पन्न भएका सिँचाइ आयोजना

रघुगङ्गा गाउँपालिका–३ मा राँखुपिप्ले सिँचाइ योजना, वडा नम्बर १ बृहत् बेगखोला सिँचाइ योजना र बाँदुक सिँचाइ योजना सम्पन्न भएर किसान लाभान्वित भएका छन् । मालिका गाउँपालिका–५ मा गौरखोला सिँचाइ योजना, वडा नं ७ मा बेल्फी लुर्बाङ सिँचाइ योजना, मङ्गला गाँउपालिका–२ मा तल्लो ओखलढुङ्गा गडहरे सिँचाइ योजना, रणबाङ सिँचाइ योजना र घोरेनी कोत्रेबाङ सिम सिँचाइ योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गला–४ मा बुकेनी सिँचाइ योजना, अन्नपूर्ण गाउँपालिका–७ मा औल सिँचाइ योजना, बेनी नगरपालिका–१ मा १९२५ साले सिँचाइ योजना र वडा नम्बर २ मा बगरफाँट सतह तथा भूमिगत सिँचाइ योजना निर्माण भएपछि किसानले समयमै रोपाइँ गर्न पाएपछि खुसी भएका छन् ।

यसैगरी, रघुगङ्गा–३, मौवाफाँटमा घट्टेखोला पुर्नढाँड सिँचाइ योजना, मङ्गला–१ मा तुसारेपानी काउले पैयुँपाटा सिँचाइ योजना, वडा नम्बर २ मा नेवारेखोला सिँचाइ योजना, वडा नम्बर ३ मा अर्जेखोला आरबाङ सिँचाइ योजना, सिमकुना कस्केरी सातबिसे योजना र झ्याप्रेखोला बिसौना सिँचाइ योजना निर्माण भई किसानको खेतमा सिँचाइ सुविधा विस्तार भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिका–९, घतानमा बाहुनपँधेरा पोखरी सिँचाइ योजना, वडा नं ४ मा राहुखोला सिँचाइ योजना, सामतुङ सोता सिँचाइ योजना, मङ्गला–५, अर्मनमा पिपलबोट शेरा सिँचाइ योजना मर्मत र महखोला सिँचाइ योजना र मालिका गाउँपालिका–१ मा खोप्ती सिँचाइ योजना सम्पन्न भएको कार्यालयका इन्जिनियर विश्वासकुमार बस्नेतले जानकारी दिए ।

सम्पन्न भएका खानेपानी र नदी नियन्त्रण योजनाहरु

चिमखोला भगवती बृहत् खानेपानी योजना, भुकभुके खानेपानी योजना, तल्लो शिख, शिख उपल्लोगाउँ, ओखले, चिप्लेटी, एकपाटे, थाकनपोखरी, डम्मरा, चुत्रेनी खानेपानी योजना सम्पन्न भएका छन्। यसैगरी बिम तल्लो गाउँ लिफ्टिङ, खालखोला थाप्ले, कोसेपानी घोरेपानी र बगुवाखोला खानेपानी आयोजना निर्माण सकिएका कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले बताए।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको छ। यसैगरी चार वटा योजनामार्फत नदी कटान, बाढी र पहिरो रोकथामका लागि २६ मिटर पक्की र ७५ मिटर ग्यावीयन पर्खाल निर्माण भएको उनले जानकारी दिए।

मालिका गाउँपालिका–५ देवीस्थानको पन्थोकमा रहेको गौराखोला लघुजलविद्युत् परियोजना मर्मत गरि एक सय ८० घरमा विद्युत् आपूर्ति गरिएको छ। गत आर्थिक वर्ष २०८२–०८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जातर्फ पुँजीगत शीर्षकमा रु नौ करोड ६४ लाख ८५ हजार बजेट विनियोजन भएकोमा रु आठ करोड ८५ हजार विनियोजन भएको छ।