३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको सुनापति गाउँपालिका उपाध्यक्ष पदमा सरिता खातीको उम्मेदवारी



अ+ अ-

काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला उप–सचिव तथा महिला विभाग प्रमुख सरिता खातीले रामेछाप- सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दाबी गरेकी छिन् । राजनितिमा सक्रिय युवा नेतृ सरिता खाती देश र सामाजिक रुपान्तरणका लागि युवा नेतृत्वको आवश्यकता रहेको भन्दै आफुले उपाध्यक्ष पदमा दावी गरेको बताएकी छन् ।

पछिल्लो समय स्थानिय तहमा व्याप्त भ्रष्टचार रहेको भन्दै यसको न्युनिकरण गरि समग्र पालिकाको विकास ,युवालाई रोजगारीको सुनिश्चिता गर्नको लागि आफुले उम्मेदवारी दावी गरेको बताईन्। स्थानियतहका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्ने भन्दापनि आसेपासेको भरणपोषणमा लागेर ५ वर्ष विताएको र शिक्षा, स्वास्थ्य र युवालाई गाउँमै रोजगारी सिर्जन गर्न नसकेको, गाउँनै शून्य हुने गरि युवाहरु बाहिरिने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

पछिल्लो समय शिक्षामा जनप्रतिनिधिहरुको ध्यान नै नपुगेको, शिक्षाको गुणस्तर खस्किदै गइरहेको र गुणस्तर शिक्षाका लागि अभिभावक र विद्यार्थी गाउँबाट शहर केन्द्रित भइरहेको भन्दै गाउँपालिकामा विद्यालयहरुको गुणस्तरमा बृद्धि गर्दै बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदानमा आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताइन् । त्यस्तै सुनापति गाउँपालिकामा आम जनताको भावना अनुरुप काम गर्नको लागि आफु योग्य र सक्षम रहेको पनि खातीले दाबी गरेकी छिन् ।

प्रतिवद्धता अनुरुप काम गरेर देखाउने र अबको नेतृत्व युवाले गनुपर्ने भन्दै उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको खातीले जानकारी दिईन् ।

पार्टीमा सक्रिय भूमिका निर्वाह गरिरहेको र अराजनीतिक गतिबिधिहरुको अन्त्य, व्याप्त भ्रष्टचार अन्त्य गर्न, शिक्षालाई गुणस्तरिय बनाउन, आम युवालाई गाउँ विकासमा प्ररिचालन गरि रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको हुदा आफु नेतृत्वमा पुगेमा सम्पूर्ण कार्यक्रमलाई विशेष तवरले अगाडी बढाउने समेत खातीले बताईन ।