२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाब्बे विरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, सन्दीपले कप्तानी गर्ने



सन्दीप लामिछाने
अ+ अ-

काठमाडौंः नेपाल र जिम्बाब्बे ए बीच हुने एक दिवसीय क्रिकेट खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीमा २३ जना खेलाडी छन् । नेपाल र जिम्बाब्बे ए बीच यही अप्रिल ३० देखि मे ९ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ ।

क्यानका अनुसार, तीन खेलको एक दिवसीय सिरिज यही अप्रिल ३० देखि मे ४ सम्म र तीन खेलको टी२० सिरिज मे ६ देखि ९ सम्म हुनेछ ।

नेपाली टिम

सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ सेख
आरिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करन केसी, सोमपाल कामी
देव खनाल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, अदिल अन्सारी
भिम सार्की, सुशन भारी, पवन सर्राफ, अबिनाश बोहरा, बसिर अहमद
लोकेश बम, बिबेक यादव, साहब अलाम, सुनिल धमला