५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक उपस्थितिमा एसईई परीक्षा आजदेखि शुरु, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी (भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ । आज पहिलो दिन बिहान ८ बजेदेखि अँग्रेजी विषयको परीक्षा हुँदैछ ।

दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई उत्तीर्ण गराइएको थियो ।

परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । बोर्डले आगामी असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।