२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक उपस्थितिमा एसईई परीक्षा आजदेखि शुरु, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी (भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ । आज पहिलो दिन बिहान ८ बजेदेखि अँग्रेजी विषयको परीक्षा हुँदैछ ।

दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई उत्तीर्ण गराइएको थियो ।

परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । बोर्डले आगामी असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।