१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध

झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध
तस्विर : फाइल
अ अ+ अ-

काठमाडाैँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न नदी नियन्त्रण कार्यक्रमअन्तर्गत १४.७३८ किलोमिटर तटबन्ध निर्माण गरेको छ ।

नदी कटान तथा बाढीबाट जनधन र कृषियोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत झापासहित पूर्वी पहाडी जिल्लाका विभिन्न नदीमा तटबन्ध निर्माण गरिएको हो । आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार कार्यालयले अघिल्ला वर्षदेखि नै नदी नियन्त्रणलाई निरन्तरता दिँदै आएको छ भने गत आर्थिक वर्षमा थप १४.७३८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको हो ।

“नदी कटानको जोखिम न्यूनीकरण गर्दै मानव बस्ती, कृषि भूमि र भौतिक पूर्वाधारको सुरक्षा गर्ने लक्ष्यका साथ हरेक वर्ष तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो, “गत आवमा पनि भौगोलिक कठिनाइका बीच विभिन्न नदीहरूमा उल्लेखनीय प्रगति हासिल भएको छ । चालु आवमा पनि आवश्यकता र जोखिमका आधारमा तटबन्ध निर्माणलाई निरन्तरता दिइनेछ ।”

आयोजना कार्यालयका अनुसार गत आवमा विभिन्न आठवटा मुख्य नदीमा तटबन्धकोे काम भएको छ । झापाका रतुवा–मावा नदीमा १.८५४ किलोमिटर, कमलमा २.७५० किलोमिटर, कन्काईमा ३.७२५ किलोमिटर, विरिङमा ३.१३७ किलोमिटर र मेची नदीमा १.२०९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । त्यस्तै इलामको माई नदीमा १.२९५ किलोमिटर, पाँचथरको हेवामा ४६९ मिटर र ताप्लेजुङको काबेलीमा २९६ मिटर तटबन्ध निर्माण गरिएको छ ।

हेवा, काबेली र माई नदीमा गत आवदेखि पहिलोपटक नियन्त्रणको काम सुरु गरिएको आयोजनाले जनाएको छ । नदी नियन्त्रण तथा तटबन्ध निर्माणका ती सम्पूर्ण आयोजना कार्यान्वयनका लागि आव २०८२÷८३ मा कुल रु ५८ करोड ३८ लाख २९ हजार खर्च भएको छ । आयोजना कार्यालयको समग्र वार्षिक वित्तीय प्रगतिको २९.५३ प्रतिशत रहेको जनाइएको छ ।

आयोजनाले मुख्य रूपमा झापाका ठूला नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजनाले छिमेकी जिल्ला मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका नदी संरक्षण तथा तटबन्ध निर्माणको प्राविधिक तथा प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै आएको छ ।