१३ भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव बरामद भएको छ ।

बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको अवस्थामा प्रहरीले एक जना पुरुषको शव फेला पारेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गाडीबाट पुरुषको शव निकालिएको हाे ।

प्रहरीका अनुसार आगलागी भएको उक्त गाडी नबिल बैंकको नाममा रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण तथा मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।