४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड

स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड
फाईल फोटो
अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार सहयोग ‘प्याकेज’ ल्याउन विशेष अपिल पनि गर्नुभयो ।

विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीलाई पार लगाउन राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोगको आवश्यकतामा जोड दिँदै उहाँले प्रत्येक राष्ट्रको हितका लागि समग्र क्षेत्र, समग्र विश्वको दृष्टिकोणलाई अघि बढाउन आह्वान गर्नुभयो ।

जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे चर्चा गर्दै विश्वको तामक्रम वृद्धि रोक्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताको अक्षरसः कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीले सबै देशलाई आग्रह गर्नुभयो ।

एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलन यही वैशाख ७ देखि ९ गतेसम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा परः विश्वव्यापी विकास र साझा भविष्यका लागि सहकार्य’ नाराका साथ जारी छ ।

राष्ट्रपति भण्डारीले मञ्चमा भएको छलफलबाट देशहरूलाई महामारी नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न तथा आर्थिक पुनरुत्थान हासिल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस