• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

काठमाडौं महानगरको प्रमुखका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले महानगरपालिकाको प्रमुखका लागि ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकाहरुमा वर्तमान उपमेयर हरिप्रभा खड्गी, २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन् ।

यसै गरी उपप्रमुखका लागि महानगर समितिकी उपसभापति सुशिल ढकाल र डा. अमित प्रधान शाक्यको नाम सिफारिस गरिएको छ । यद्यपी उपप्रमुख भने नेकपा एसको मागमा परेको छ ।

महानगर समितिले प्रमुखका लागि ५ जनाको नाम सिफरिस गरेपनि महासमिति सदस्य सिर्जना सिंहको सम्भाबना बढी रहेको छ ।