२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा



अ+ अ-

बागलुङ। कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई दृष्टिविहीन, पाँच संस्कृत विद्यालयका बटुक र २५५ प्राविधिक धारका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

विगत दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परीक्षा यो वर्ष पुनः त्यसअघिको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको हो । उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय एकाइले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लाभरका १०८ सामुदायिक विद्यालय र ३२ निजी विद्यालय र एक खुला विद्यालय गरी जम्मा १४१ विद्यालयका चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुने एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

“दृष्टिविहीन विद्यार्थीका लागि अभिभावकसहित आउन पाउने व्यवस्था मिलाएका छौँ, संस्कृत विषयका विद्यार्थीका लागि छुट्टै तयारी भइसकेको छ, प्राविधिक धारका सबै विद्यार्थीको परीक्षा बागलुङ बजारमा एकमुष्ट हुनेछ, आगामी दिन गाउँमा समेत केन्द्र राखिने छ”, उहाँले भन्नुभयो, “परीक्षालाई मर्यादित बनाउन सुरक्षाकर्मी र अनुगमनकर्ता खटाइएको छ, यस वर्ष ग्रेड वृद्धिका लागि ४८ विद्यार्थीका लागि तोकिएको केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।”

उक्त परीक्षाका लागि जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सम्पन्न गर्न ३१ केन्द्राध्यक्ष, ३७ सहायक केन्द्राध्यक्ष, निरीक्षक २४५, परीक्षा सहायक ४९, कार्यालय सहायक ९८ र ४६५ सुरक्षाकर्मी खटाइएको छ । परीक्षामा जनता माध्यामिक विद्यालय नारायणस्थानका दुई दृष्टिविहीन, मुक्तिनाथ वेद विद्याश्रमका पाँच संस्कृततर्फका र प्राविधिक धारका १० विद्यालयका २५५ विद्यार्थी सहभागी हँुदैछन् ।

परीक्षालाई मर्यादित बनाउन परीक्षाको निरीक्षण, अनुगमन, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, उक्त एकाइ र स्थानीय तहका तोकिएका पदाधिकारी र कर्मचारी सहभागी हुने भएका छन् । वैशाख २० गतेभित्रै एसइईको सबै परीक्षा सम्पन्न हुनेछ । जिल्लामा रहेका ३१ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी २७१ विद्यार्थी भानु माध्यामिक विद्यालय केन्द्र र सबैभन्दा थोरै ६३ विद्यार्थी फ्युचर ब्राइटर बोर्डिङ केन्दबाट परीक्षा दिँदैछन् ।