१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

प्रिमियर लिग उपाधि दौड रोमाञ्चक, सिटी पुनः शीर्ष स्थानमा उक्लियो

प्रिमियर लिग उपाधि दौड रोमाञ्चक, सिटी पुनः शीर्ष स्थानमा उक्लियो
अ अ+ अ-

यस सिजनको प्रिमियर लिगको दौड रोमाञ्चक हुनेक्रम जारी छ । समान खेल खेलेका म्यान्चेस्टर सिटी र लिभरपुलबीच १ अंकको मात्र फरक छ ।

अघिल्लो दिन म्यान्चेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेर लिभरपुल शीर्ष स्थानमा उक्ले पनि गएराति भएको खेलमा सिटीले ब्राइटनलाई हराएर फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । सिटीले लिभरपुललाई १ अंकले पछि पारेको छ ।

घरेलु मैदान एतिहाद रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो । सिटीका लागि रियाद माहारेजले ६३औं, फिल फोडेनले ६५औं र बर्नार्डो शिल्भाले ८२औं मिनेटमा गोल गरे ।

जितपछि ३२ खेलबाट ७७ अंक जोडेर सिटी शीर्ष स्थानमा उक्लिएको छ । ३३ खेलबाट ४० अंक रहेको ब्राइटन १०औं स्थानमा छ ।

लिगअन्तर्गत नै शीर्ष चारको होडमा रहेको आर्सनलले लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई ४-२ ले पराजित गरेको छ ।

एडी एनकेतिहले दुई गोल गरेपछि आर्सनलले चेल्सीलाई उसैको मैदानमा पराजित गरेको हो । एनकेतिहले १३औं र ५७औं मिनेटमा गोल गरे । यस्तै स्मिथ रोवले २७औं र बुकाया साकोले इन्जुरी टाइममा गोल गरे ।

चेल्सीका लागि टिमो वेर्नरले १७औं र सेजार एज्प्लिकुएटाले ३२औं मिनेटमा गोल गरे ।

जितपछि आर्सनलले चौथो स्थानको टोटनहम समान ५७ अंक जोडेको छ । तर गोलअन्तरमा पछि रहँदै पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा छ ।