११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा होटलको सातौं तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।

बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ठमेलको होटल मनाङमा बसेका थिए।

बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।

फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए । उनका अरू साथीहरू पनि नेपालमा आए/नआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।