२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसँग डब्लुएचओका महानिर्देशकले शिष्टाचार भेटवार्ता गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गर्नुहुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपालमा भोलि (वैशाख ८ गते) नेपाल आउनु थाल्नुभएका डब्लुएचओका महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नुहुनेछ । उहाँ भोलि अपराह्न १२ः२५ बजे नेपाल आउनु हुनेछ ।

उहाँहरुबीच वैशाख ९ गते बिहान १०ः३० बजेदेखि १०ः५० बजेसम्म राष्ट्रपति भवन शीलत निवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । वैशाख ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान १० बजेदेखि १०ः२० मिनेटसम्म भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै डब्लुएचओका महानिर्देशक डा टेड्रोसले भोलि वैशाख ८ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ ।

महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन थालेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।

यस्तै महानिर्देशक डा गेब्रेयससले वैशाख ९ गते बिहान ११ बजे पाटन माध्यमिक विद्यालय र हनुमानढोका तथा पाटन दरबार पनि भ्रमण गर्नुहुनेछ ।

यस्तै नेपालमा रहँदा उहाँले मन्त्रालयका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले वैशाख १० गते फर्कनुहुने कार्यक्रम रहेको छ ।