३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसँग डब्लुएचओका महानिर्देशकले शिष्टाचार भेटवार्ता गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गर्नुहुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपालमा भोलि (वैशाख ८ गते) नेपाल आउनु थाल्नुभएका डब्लुएचओका महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नुहुनेछ । उहाँ भोलि अपराह्न १२ः२५ बजे नेपाल आउनु हुनेछ ।

उहाँहरुबीच वैशाख ९ गते बिहान १०ः३० बजेदेखि १०ः५० बजेसम्म राष्ट्रपति भवन शीलत निवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । वैशाख ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान १० बजेदेखि १०ः२० मिनेटसम्म भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै डब्लुएचओका महानिर्देशक डा टेड्रोसले भोलि वैशाख ८ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ ।

महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन थालेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।

यस्तै महानिर्देशक डा गेब्रेयससले वैशाख ९ गते बिहान ११ बजे पाटन माध्यमिक विद्यालय र हनुमानढोका तथा पाटन दरबार पनि भ्रमण गर्नुहुनेछ ।

यस्तै नेपालमा रहँदा उहाँले मन्त्रालयका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले वैशाख १० गते फर्कनुहुने कार्यक्रम रहेको छ ।