• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै ★   राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त

रोनाल्डोको नवजात छोराको निधन



एजेन्सी । पोर्चुगीज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नवजात छोराको निधन भएको छ । रोनाल्डोले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् ।

‘धेरै दुःखका साथ हाम्रो नवजात छोराको निधन भएको जानकारी गराउन चाहन्छु । यो अभिभावकको लागि सबैभन्दा ठूलो दुःख हो । हामीलाई साथ दिनुहुने सम्पुर्ण डाक्टर र नर्सहरुलाई धन्यवाद ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘म सबैलाई यो कठिन समयमा हाम्रो गोपनीयताको ख्याल गर्न अपील गर्दछु । हाम्रो छोरा हाम्रो प्यारो थियो, हामी उनलाई सधैंभरि माया गर्नेछौं ।’

रोनाल्डोले आफू र आफ्नो साथी जर्जिनालाई केही समय एक्लै छोड्न पनि आग्रह गरेका छन् । गत अक्टोबरमा रोनाल्डो र जर्जिनाले जुम्ल्याहा बच्चाको आमाबुवा बन्ने जानकारी दिएका थिए । दुबैले फोटो सेयर गरेर यसको जानकारी गराएका हुन् । यीमध्ये एक छोराको निधन भएको छ । यस्तै, छोरी सकुशल छिन् ।

जर्जिना रोड्रिग्वेज र रोनाल्डोकी एक छोरी छिन् जसको नाम अलाना मार्टिना हो । उनी नोभेम्बर २०१७ मा जन्मिएकी थिइन् । यसबाहेक, रोनाल्डो जुम्ल्याहा इभा र माटेओका पिता पनि हुन्, जो सन् २०१७ को जुनमा सरोगेटबाट जन्मिएका थिए । उनका छोरा क्रिस्टियानो जूनियरकी आमा उनको पूर्व पार्टनर हुन्, जसको नाम रोनाल्डोले आजसम्म सार्वजनिक रूपमा खुलाएका छैनन् ।

हालै रोनाल्डोले आफ्नो क्लब करियरमा ५० औं कीर्तिमानी ह्याट्रिक गरेका थिए । उनले नर्विचविरुद्धको खेलमा उक्त सफलता हात पारेका हुन् । यो उनको करियरको ६० औं ह्याट्रिक थियो ।