• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त



काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको मातहतमा प्रति गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली भुमीभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताउनु भयो । बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा राजदुतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कहाँ राजदुतावास थप्ने ? र कहाँ राजदुतावास निरन्तरता दिने भन्ने कुरालाई त्यसको औचित्यको आधारमा, भुमिकाको आधारमा, तिनिहरुले दिएको रिटर्नका आधारमा हामीले मुल्याङ्कन गर्नुपर्छ । हामीजस्तो गरिब देशले अनन्त देशमा खोल्न सक्दैनौँ । हामीसँग सम्बन्ध राखेका धेरै देशहरुले पनि नेपालमा राजदुतावास खोलेका छैनन् । धेरैले दिल्लीस्थित राजदुतावासमार्फत् नेपाललाई हेर्ने गरेका छन् । हामीले पनि हाम्रा राजदुतावासहरुको औचित्य, आवश्यकता र उनीहरुले दिएको रिटर्नका आधारमा राजदुतावासहरुको मूल्याङ्कन गर्न थाल्नुपर्दछ । यो आवश्यकता पनि छ ।’

‘नेपालको सम्भावना भएको क्षेत्र पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा हाम्रो राजदुतावासलाई प्रभावकारी बनाउनुपर्‍यो । राष्ट्रिय अनुसन्धानलाई गृह मातहतमा ल्याउनुपर्छ । गृहसँग भएन भने लङ्गडो हुन्छ । हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र चाहियो । सानै लेभलमा भएपनि बनाऔँ । आँट गरौँ । प्रधानमन्त्रीको मातहतमा बनाऔँ । हाम्रो देशको विरुद्ध यो भुमिभित्र कस्ता–कस्ता षड्यन्त्र भइरहेका छन् र तिनीहरुलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोच्नुपर्दैन ? सोच्नुपर्छ । प्रधानमन्त्रीज्युले सोच्नुस् । आँट गर्नुस् । यो विषयलाई गम्भीरतापूर्वक लिनुस् । राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयमा पठाइदिउँ । र प्रति गुप्तचरी संस्थालाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा राखौँ ।’

उहाँले भारत, चीन र अमेरिकामा क्षमतावान व्यक्तिहरुलाई राजदुत बनाएर पठाउनुपर्ने बताउनु भयो । त्यस्तै जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदुत बनाउनुपर्ने बताउनु भयो ।