१९ असार २०८३, शुक्रबार
,
Latest
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको मातहतमा प्रति गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली भुमीभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताउनु भयो । बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा राजदुतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कहाँ राजदुतावास थप्ने ? र कहाँ राजदुतावास निरन्तरता दिने भन्ने कुरालाई त्यसको औचित्यको आधारमा, भुमिकाको आधारमा, तिनिहरुले दिएको रिटर्नका आधारमा हामीले मुल्याङ्कन गर्नुपर्छ । हामीजस्तो गरिब देशले अनन्त देशमा खोल्न सक्दैनौँ । हामीसँग सम्बन्ध राखेका धेरै देशहरुले पनि नेपालमा राजदुतावास खोलेका छैनन् । धेरैले दिल्लीस्थित राजदुतावासमार्फत् नेपाललाई हेर्ने गरेका छन् । हामीले पनि हाम्रा राजदुतावासहरुको औचित्य, आवश्यकता र उनीहरुले दिएको रिटर्नका आधारमा राजदुतावासहरुको मूल्याङ्कन गर्न थाल्नुपर्दछ । यो आवश्यकता पनि छ ।’

‘नेपालको सम्भावना भएको क्षेत्र पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा हाम्रो राजदुतावासलाई प्रभावकारी बनाउनुपर्‍यो । राष्ट्रिय अनुसन्धानलाई गृह मातहतमा ल्याउनुपर्छ । गृहसँग भएन भने लङ्गडो हुन्छ । हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र चाहियो । सानै लेभलमा भएपनि बनाऔँ । आँट गरौँ । प्रधानमन्त्रीको मातहतमा बनाऔँ । हाम्रो देशको विरुद्ध यो भुमिभित्र कस्ता–कस्ता षड्यन्त्र भइरहेका छन् र तिनीहरुलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोच्नुपर्दैन ? सोच्नुपर्छ । प्रधानमन्त्रीज्युले सोच्नुस् । आँट गर्नुस् । यो विषयलाई गम्भीरतापूर्वक लिनुस् । राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयमा पठाइदिउँ । र प्रति गुप्तचरी संस्थालाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा राखौँ ।’

उहाँले भारत, चीन र अमेरिकामा क्षमतावान व्यक्तिहरुलाई राजदुत बनाएर पठाउनुपर्ने बताउनु भयो । त्यस्तै जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदुत बनाउनुपर्ने बताउनु भयो ।