१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित गर्भनर अधिकारीको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ। सरकारले आफू लाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै अधिकारीले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस- गभर्नर प्रकरणः प्रधानमन्त्रीको काँधमा अर्थमन्त्रीको बन्दुक, निसानामा महाप्रसाद

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा अधिकारीको रिट सुनुवाइ हुने पेशीमा रहेको छ । गत चैत २५ गते सरकारले अधिकारी माथी छानबिन समति गठन गरेर गभर्नर पदबाट निलम्बन गरेको थियो । छानबिन समिति पनि अर्थमन्त्रीले आफु अनुकुल बनाएको भन्दै आलोचना भै रहेको छ ।

रिटमा निलम्बनमा पर्नुभएका गर्भनर अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेशको माग गर्नुभएको छ ।

अधिकारीको पक्षबाट राधेश्याम अधिकारी, सतिशकृष्ण खरेल, टीकाराम भट्टराई, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्तलगायत अधिवक्ताहरूले बहस गर्देहुनुहुन्छ ।