१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित गर्भनर अधिकारीको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ। सरकारले आफू लाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै अधिकारीले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस- गभर्नर प्रकरणः प्रधानमन्त्रीको काँधमा अर्थमन्त्रीको बन्दुक, निसानामा महाप्रसाद

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा अधिकारीको रिट सुनुवाइ हुने पेशीमा रहेको छ । गत चैत २५ गते सरकारले अधिकारी माथी छानबिन समति गठन गरेर गभर्नर पदबाट निलम्बन गरेको थियो । छानबिन समिति पनि अर्थमन्त्रीले आफु अनुकुल बनाएको भन्दै आलोचना भै रहेको छ ।

रिटमा निलम्बनमा पर्नुभएका गर्भनर अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेशको माग गर्नुभएको छ ।

अधिकारीको पक्षबाट राधेश्याम अधिकारी, सतिशकृष्ण खरेल, टीकाराम भट्टराई, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्तलगायत अधिवक्ताहरूले बहस गर्देहुनुहुन्छ ।