• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला ★   सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ

आज पनि चुनाव सार्ने चर्चा: के पाक्दैछ भित्र ?



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले सोमबार सोलुखुम्बु पुगेर यस्तो आरोप लगाए । ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी समेत दिए । प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै ओलीले भनेका थिए– चुनाव सार्ने चेष्ट नगरियोस्, बालुवाटारका बैठकमा यस्तो विषयमा छलफल नहोस् ।

त्यसको प्रतिउत्तर दिएका थिए काठमाडौँबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले । देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको उनको भनाई थियो ।

आजै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रचण्डले भनेका थिए “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ, गठबन्धनमा आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । चुनाव वैशाख ३० गते नै हुन्छ, गरिन्छ ।”

उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको आरोप आफूमाथि लाग्ने गरेको पनि बताए । तर उनले भने “विप्लब समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ ।”

उता प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति पनि चुनाव सार्ने खालको थियो । हालै निर्वाचन आचारसंहिता विषयको एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका थिए– दुई चार दिन निर्वाचन सार्नुलाई आफसोच मान्नु पर्दैन तर लामो समय भने निर्वाचन सर्दैन । उनले पनि प्रमुख राजनीतिक दलका नेताहरुले जस्तो चुनाव सर्ने या नसर्ने विषयमा राजनीतिक भाषण नै गर्दै हिँड्ने गरेका छन् । जुन विल्कुलै अमिल्दो देखिन्छ ।

साेमबार नै निर्वाचन आयोगले करिब ४४ जिल्लालाई पुग्ने मतपत्र छापेको जानकारी पत्रकार सम्मेलन गरेर दिएको थियो । तर हिजोसम्म पनि प्रमुख निर्वाचन आयुक्त भने दुइ चार दिन नै किन नहोस् निर्वाचन सर्ने या सार्ने विषयमा कुरा गर्दैछन् ।

एकातिर जिम्मेवार यी नेता र पदाधिकारीहरुबाट अहिले आएर निर्वाचन सार्ने विषयलाई बहसको विषय बनाइनु र अर्कातर्फ गठबन्धन दलका नेताहरुले चुनावी गठबन्धनको मोडालिटी तयार पार्न नसकेर बैठक सारेको सारै गर्नुले पनि चुनाव सार्ने काममा सघाउने हो कि भन्ने आशंका जनतामा जन्मिनु स्वाभाविकै हो ।

त्यसमा फेरि माथि गठबन्धनले गरेको निर्णयलाई स्थानीय पालिकाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुले नमान्ने मुख्य त्रास त कांग्रेसमा छँदैछ । त्यसबाट पनि कांग्रेस सबैभन्दा बढी र त्यसपछि माओवादी डराएको छ । यिनै कारणहरुले गर्दा चनाुवाका विषयमा बालुवाटरमा के पाक्दैछ भन्ने जिज्ञासा जनतामा बढेको देखिएको छ ।