• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

अस्पतालको शैयाबाट सत्यमोहनको सन्देश



काठमाडौं । किस्ट अस्पताल ग्वार्कोको ७३२ नम्वर क्याविनमा उपचार गराईरहनुभएका शताव्दी पुरुष सत्यमोहन जोशीलाई आफू बिरामी भएर बस्पताल बसेको जस्तो पनि लागेको छैन । सोमबार उहाँलाई भेट्न पुगेका शुभचिन्तकहरुसँग भन्नुभयो “यसपाली विरामी हुँदा अलि कमजोर भएको छुू, तर आत्मवल कमजोर भएको छैन है ।”

बेडमा बसेर हरियो काँक्रोको गुदीका ससाना टुक्रा खाँदै उहाँले भन्नुभयो “अब ठिक भएर केही दिनमा घर फर्कन्छु ।” १०२ वर्ष पुरा भई आउदो ३० गतेबाट १०३ बर्षमा प्रबेश गर्न लाग्नुहुने शताव्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशी यतिबेला ग्वार्कोमा रहेको किस्ट अस्पताल उपचाररत हुनुहुन्छ ।

मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएपछि अस्पताल भर्ना हुनु भएको थियो । विगत तीन वर्षदेखि किस्ट अस्पतालले जोशीको उपचार गरिरहेको छ । वैसाख १ गतेदेखि मुटुको चालमा गडबडी र पिसाबको संक्रमण भएपछि उहाँलाई उपचारको लागि किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँलाई तीन दिन आईसियूमा राखेर उपचार गरिएको र स्वास्थ्यमा सुधार भएपछि सोमबारबाट क्याविनमा सारिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यका अनुसार भर्ना हुँदा उहाँको मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएतापनि हाल स्थिति सन्तोषजनक रहेको छ ।

तर आफूलाई बिमार भएजस्तो नलागेको सन्देश थियो उहाँको । र भेट्न पुग्ने शुभचिन्तकहरुलाई उहाँले आफू छिट्टै निको भएर फर्किने सन्देश दिँदै हुनुहुन्थ्यो ।