३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित मानिस पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधीहरू ट्रामाडोल र ट्रामाडेक्स लुकाईछिपाई विक्री वितरण गरिरहेका एक व्यक्तिलाई औषधिसहित पक्राउ गरेको छ ।

कार्यालयको टोलीले गोप्य सुचनाको आधारमा यही वैशाख ४ गते बेलुका छ बजे डा हेल्थकेयर फार्मेसी नरेफाँटका सञ्चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौँ नरेफाँट बस्ने २६ वर्षीय कबिर भन्ने उदय थिङलाई नियन्त्रित औषधिसहित पक्राउ गरिएको जनाएको छ ।

निजलाई थप अनुसन्धान तथा कारवाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार नयाँबानेश्वर पठाइएको कार्यालयले जनाएको छ ।