• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

पोखराको मेयरमा नेकपा एसबाट १३ जना सिफारिस



पोखरा । पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा (एकीकृत समाजवादी)ले १३ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको हो ।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङको नाम सिफारिस भएको छ ।