२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याइदिने सभामुखको चेतावनी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिनु भएको छ ।

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याईदिने बताउनु भएको हो । उहाँले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । आईतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उहाँले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मैले जानेर चाँही दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र, भ्रष्टाचार चाँही मेरो दृष्टिमा र मलाई लाग्दछ–यहाँ यो स्तरकै विद्धानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीविहरु हुनुहुन्छ ।भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको चाँही यो राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढदै गयो । यस्तै गरी हामीले खबरदारी गरेनौ भने, यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाई दिन्छ । भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नु भएको छ । सोही अनुसारको कार्यक्रम बनाउनु भएको छ । त्यसलाई सात वटै प्रदेशमा लैजाने भन्नु भएको छ । त्यसमा मेरो पूर्ण रुपमा समर्थन हुन्छ । संघीय संसदको नेतृत्वको हिसावले, प्रतिनिधिसभाको सभामुखको हिसावले तपाईहरुलाई के सहयोग गर्नुपर्छ ? म सधैं हाजिर हु । म ऐक्यवद्धता जनाउन चाहन्छु यो याममा । किनभने अहिलेको दुनियाँकै समस्या पनि हो । र, नेपालको केही ठूलो गम्भिर समस्या छ भने भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई अहिले निर्मूल त भनि नहालौं । नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो राष्ट्रलाई सिध्याउँछ भन्ने कुरा फेरी दोहो¥याउन चाहन्छु ।’

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गर्नु भयो ।