२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

मुम्बईविरुद्धको जितपछि लखनउलाई झट्का, कप्तान केएल राहुललाई लाखौं रुपैयाँ जरिवाना

मुम्बईविरुद्धको जितपछि लखनउलाई झट्का, कप्तान केएल राहुललाई लाखौं रुपैयाँ जरिवाना
अ अ+ अ-

एजेन्सी ।आईपीएल २०२२ अन्तर्गत शनिबार (अप्रिल १६)को खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

ब्रेबोर्न स्टेडियममा भएको यो जितपछि पनि लखनउको टोली स्तब्ध बनेको छ । सो टिमका कप्तान केएल राहुललाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको हो । आईपीएलमा तेस्रो शतक प्रहार गर्ने राहुललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

आईपीएलको आचार संहिता अन्तर्गत न्यूनतम ओभर–रेटको अपराधसँग सम्बन्धित लखनउको यो सिजनको पहिलो अपराध हो, त्यसैले राहुललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । राहुलअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई दुई पटक र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई एक पटक जरिवाना गरिएको छ ।

ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो । आईसीसीको नियमअनुसार एकदिवसीय र टी–२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गर्नुपर्छ । एकदिवसीयमा, बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल ३.५ घण्टा दिइएको छ । त्यसैगरी, टी–२० खेलमा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ अर्थात् २० ओभरको कोटा फाल्नुपर्छ ।

खेलको कुरा गर्दा मुम्बईका कप्तान रोहितले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । लखनउ सुपर जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । त्यसका लागि कप्तान केएल राहुलले ६० बलमा अविजित १०३ रन बनाए । आईपीएलमा मुम्बईविरुद्धको यो उनको दोस्रो शतक हो । यसअघि सन् २०१९ मा उनले वानखेडे स्टेडियममा शतक बनाएका थिए ।