• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (फोटोफिचर) ★   अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल ★   इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा ★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ?

रुसले मारियुपोललाई ‘पूर्णरूपमा मुक्त’ गरेको भन्दै आत्मसमर्पण गर्न आग्रह



एजेन्सी । रुसले आफ्नो सेनाले प्रमुख सहर मारिउपोलको सहरी क्षेत्र खाली गरेको र युक्रेनी लडाकुहरूको सानो टुक्रा घेरामा परेको दक्षिणी बन्दरगाहमा रहेको स्टिल कारखानाभित्र रहेको बताएको छ।

युद्धको सबैभन्दा ठूलो लडाईं र सबैभन्दा खराब मानवीय प्रकोपको दृश्य मानिएको मारिउपोललाई नियन्त्रणमा लिएको रुसको दाबीलाई स्वतन्त्ररूपमा प्रमाणित गर्न सकिएको छैन।

मस्कोले गत महिना खेरसनलाई पूर्ण नियन्त्रण रहेको दाबी गरेपछि रुसी सेनाको हातमा परेको यो पहिलो प्रमुख सहर हुनेछ।

“मारिउपोलको सम्पूर्ण शहरी क्षेत्र पूर्ण रूपमा खाली गरिएको छ । युक्रेनी समूहका अवशेषहरू हाल अजोभस्टल मेटलर्जिकल प्लान्टको क्षेत्रमा पूर्ण रूपमा नाकाबन्दी गरिएका छन्”, रुसी रक्षा मन्त्रालयका प्रमुख प्रवक्ता इगोर कोनाशेन्कोभले भने, “तिनीहरूको जीवन बचाउने एउटै मौका भनेको स्वेच्छाले हतियार राख्नु र आत्मसमर्पण गर्नु हो।”

प्रवक्ता कोनाशेन्कोभ अनुसार एक हजार ४६४ युक्रेनी सैनिकहरूले पहिले नै ‘मारिउपोलको मुक्तिका क्रममा’ आत्मसमर्पण गरिसकेका छन्।