१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा

इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ ।

शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो । उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताउनु भयो ।

उहाँले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताउनु भयो । उहाँले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताउनु भयो । इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पनि पार्टीले निकालेको छ ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले निर्वाचनको बारेमा समीक्षा गरेका छाँै । समीक्षापछि कहाँनेर गल्ती भयो । हामीले नेपाली जनतामा जुन आशा गरेका थियौँ । त्यो आशा जगाउने हाम्रो आशालाई जगाइराख्न र हामीले भन्दै आएको ०८४ मा यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने काम कुराहरुका बारेमा पार्टीगत रुपमा कहाँ कर कसरी कमजोरी गरेका छौँ ।

पार्टी संगठनको अवस्था अबको दिनमा के हुने ? पार्टी संगठनको आकार, मोडल, पार्टीले लिनुपर्ने धारणाको बारेमा समग्र समीक्षा गर्न पार्टीले मलाई महामन्त्रीको रुमपा सम्पूर्ण पार्टी सदस्यहरुको भावना, सुझाव बुझ्नका लागि आगामी जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको छ । त्यस आधारमा पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने, सोही प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने भन्ने निर्णय भएको छ ।

सरकारको पर्फमेन्स बढाउन पार्टीका साथीहरुको टिम बनाइएको छ, त्यो टिम कन्फर्म गर्ने । सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने । मन्त्रालयसँगको पार्टीको सम्बन्धलाई मजबुत बनाउने निर्णय भएको छ । इलामका जनताले घण्टी नबजाइकन बजाएको जुन सांकेतिक घण्टीको आवाज सुन्नका लागि हामी तलसम्म जाँदैछाँै । हामीले खुला पार्टी सदस्यतालाई अघि बढाएका थियौँ । नयाँ पार्टीको रुपमा खुला पार्टी सदस्यतालाई अघि बढाउनुपर्ने पनि बाध्यता थियो । अब यो यात्रापछि यसको बारेमा पनि विश्लेषण गर्दछौँ ।’

पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी नर्णिय गरिएको बताउनु भयो ।