२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ?



अ+ अ-

काठमाडौं । अमेरिकाको डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हो ।

दूतावासले लेखेको छ, ‘डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ ।’ वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

आफ्नो कनफरमेसन नम्बर वेबसाइट dvprogram.state.gov/ESC मा गएर इडिभीको नतिजा हेर्न सकिने पनि दूतावासले जानकारी दिएको छ ।

इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासको दाबी छ ।