१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले र कांग्रेस पूर्व नेता जोशीबीच तनहुँमा चुनावी तालमेल



नेता गोविन्दराज जोशी
नेता गोविन्दराज जोशी
अ+ अ-

नेपाली काँग्रेससँग असन्तुष्ट रहँदै आउनु भएका काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले नेकपा एमालेसँग चुनावी तालमेलका लागि सहमति गर्नु भएको छ ।

खासगरी आफ्ना छोरा दीपकराज जोशीलाई राजनीतिमा अघि बढाउन गोविन्दराज जोशीले जुनसुकै किसिमको गठबन्धनमा जान चाहनु भएको स्थानीयको भनाई छ । आफूलाई काँग्रेसले खासगरी रामचन्द्र पौडेलले जिल्लामा पेलेको र राजनीतिक जीवन नै समाप्त पार्न खोजेको गोविन्दराज जोशीको आरोप छ ।

यही मेसोमा जोशी निवास दमौलीमा शनिबार जोशी र एमालेका स्थानीय नेताहरुबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भई निर्णय भएको थियो । नेकपा एमाले तनहुँ र जोशी समूहका चार चार जना राखेर आठ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराजले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताएका छन् । एमालेसँग प्रत्येक पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको पनि दीपकराजले बताएका छन् ।

दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । तर व्यास नगरपालिकाको प्रमुखको विषयमा भने निर्णय भइ सकेको छैन ।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो ।

तत्कालीन नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप गोविन्दराज जोशीमाथि लागेको छ ।