२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

फोहर मिसिन थाल्यो नदीमा, सफाइ अभियान जारी

फोहर मिसिन थाल्यो नदीमा, सफाइ अभियान जारी
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ ।

नदीमा सिधै फोहर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफाइ अभियान भने जारी छ । सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन् । सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहर भने नदीमा मिसिन्छ । नदी किनारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । विगत १० वर्षदेखि सफाइ अभियान जारी रहे पनि नदी ढलमुक्त हुनसकेको छैन । फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालगायत राजधानीका अन्य स्थानीय तह सफल हुनसकेका छैनन् । फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा परेको छैन ।

अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा नदीमा गएर सफाइ गरे पनि फोहर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण गरेका छैनन् । जसका कारण अन्य देशका नागरिकको समेत पहिलो आँखा जाने राजधानी सहर प्रदूषित र दुर्गन्धित बनेको छ । सरोकार निकायको भने यसतर्फ ध्यान जान सकेको छैन । गर्मी बढ्दै गएकाले ठाउँ–ठाउँमा थुप्रिएको फोहरबाट रोगको महामारी फैलनेतर्फ सम्बन्धित पक्षको ध्यान नगएको धुलिखेल अस्पतालका डा रोशन पोखरेल बताउनुहुन्छ ।

वाग्मती सफाइ महाअभियानको ४६६औँ हप्ता र तिलगङ्गा सफाइ अभियानको ३६६औँ हप्तामा शनिबार तिलगङ्गा पहेँलो पुलमा सफाइ गरेको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, तिलगङ्गा महिला समूह, रोयल बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० जनाको समूह, सिभिल क्यापिटल मार्केटस् प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एवं वाग्मती अभियानकर्मीको सहभागिता रहेको उहाँले सुनाउनुभयो ।

सो अवसरमा सफाइ महाअभिायनका लागि सिभिल क्यापिटल मार्केट्स प्रालिबाट साढे एक दर्जन ठूलो पन्जा, दुई थान सावेल र डोको प्रदान गरिएको थियो । अर्को हप्ता ४६७औँ हप्ताको सफाइ सिनामङ्गल पुलको नदी किनारमा गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

यसैगरी पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन् ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । वाग्मती सफाइ अभियानकर्मी कञ्चन रावत स्थानीय सरकारको प्राथमिकतामा वातावरण र फोहर व्यवस्थापन नपर्ने गरेको अनुभव सुनाउनुहुन्छ । फोहरलाई घरमै कुहिने र नकुहिने वर्गमा छुट्याएर मोहरमा परिणत गर्न सकिने भए पनि त्यसतर्फ कुनै पनि तहका सरकारले ध्यान नदिएको उहाँले सुनाउनुभयो । फोहर व्यवस्थापनमा स्थानीय सरकारलाई प्रदेश र सङ्घीय सरकारले पनि साथ दिनुपर्नेमा त्यस्तो हुन नसकेको अभियानकर्मीको भनाइ छ ।

गोकर्णेश्वर नगरपालिकाले तीन वर्षअघि ल्याएको फोहर जलाउने आधुनिक यन्त्र गत हप्ता मात्र जडान भएको छ । नगर क्षेत्रमा यन्त्र जडान गर्न स्थानीयवासीले रोक लगाएपछि काठमाडौँ महानगरपालिका–८ स्थित वाग्मती नदी किनारमा यन्त्र जडान गरिएको छ । यन्त्रबाट फोहर जलाउँदा वातावरणमा के प्रभाव पर्छ भन्ने अध्ययन भने भए–नभएको स्पष्ट पारिएको छैन । (रासस, पूर्णप्रसाद मिश्र)