२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार
अ अ+ अ-

सुइरेचौर (नुवाकोट) । गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ ।

सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापित ती पुरस्कारको राशिको क्रमशः रु १५ हजार १ र रु २५ हजार १ सहित सम्मानपत्र रहेको छ ।

शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा समाज नेपालले निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ती पुरस्कार पत्रकारद्वयलाई प्रदान गर्नुभयो । समारोहमा उहाँले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएवापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । विसं २०६२ देखि समाजले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।

सोही अवसरमा कांग्रेसका प्रवक्ता डा महतले अध्ययन केन्द्रको हातामा निर्माण गरिएको समाजका संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक अनावरण गर्नुका साथै माल्र्यापणसमेत गर्नुभयो ।

सो समारोहलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता डा महतले नागरिकले पाँच–पाँच वर्षमा मतदान गर्नेमात्र नभई निर्वाचित जनप्रतिनिधिका गतिविधिका बारेमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई संस्थागत गर्न जीवन पद्धतिमै लोकतान्त्रिक मूल्य, मान्यता उतार्नुपर्ने पर्छ ।” संविधानमा धेरै कुरा लेखे पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्नुहुँदै उहाँले क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले समेत प्रशिक्षण एवं अध्ययन केन्द्र निर्माण गर्न नसकेका बेला सम्पादक समाजले उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रको अभिभावक बन्न राज्यले छिटोभन्दा छिटो आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्छ । प्रशिक्षित पत्रकारले नै नागरिकको अपेक्षाअनुसारको पत्रकारिता गर्न सक्दछन् ।”

समाजका महासचिव श्याम डोटेलले नगरकोटभन्दा ५०० फिट उचाइमा रहेको सुइरेचौरमा निर्माण भएको ‘वियोगी पत्रकारिताा अध्ययन केन्द्र’मा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी दिनुभयो । उहाँले समाजको भवन निर्माणमा अथक योगदान दिनुहुने वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्यलगायत सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा अध्यन केन्द्र सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक छ भन्नुभयो । करिब डेढ रोपनी जग्गामा बनेको सो भवन तीन तलाको छ ।

सम्मानित पत्रकार मल्ल र बानियाँले सञ्चारकर्मीले हिंसा र निरङ्कुशतालाई साथ दिनु नहुने उल्लेख गर्नुहुँदै पत्रकारितामा व्यापारीकरण बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले अध्ययन केन्द्र भवनको रेखदेख र प्रचार–प्रसारका लागि स्थानीय सरकार र स्थानीय सञ्चारकर्मीको पनि सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सातवटा हिमाल देखिने सुइरेचौर, चिसापानीजस्ता पर्यटकीयस्थल रहेको गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका कारण प्रदेश र सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहेको बताउनुभयो । सातवटा हिमाल देखिने सुइरेचौर पुग्न ९०० मिटर सडक निकुञ्ज भएर जानुपर्छ । जगत् चेकपोष्ट भएर यो सडक पार गर्ने आन्तरिक पर्यटकलाई पनि निकुञ्जले रु ५०० सम्म शुल्क लिने गरेकाले पर्यटन प्रवद्र्धनमा समस्या भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा वियोगीका ज्येष्ठ सुपुत्र वैद्य नेपाली पत्रकारिताको थप उन्नयन तथा अध्ययनका लागि ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ ले सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसको सञ्चालनमा लागि थप सहयोग दिने जानकारीसमेत दिनुभयो । समाजका सदस्य माधव दुलालले पत्राकारिता प्रशिक्षणका लागि पहिलोपटक समाजले स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ले व्यावसायिक पत्रकारिताको विकास तथा प्रवद्र्धनमा योगदान दिने विश्वास व्यक्त गर्दै केन्द्र सञ्चालनमा राज्यले आगामी दिनमा ध्यान दिनुपर्छ भन्नुभयो ।

इम्जा एशियाका अध्यक्ष टङ्क पन्त र समाजका वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधानलगायतले पत्रकारिताको संस्थागत विकासका लागि अध्ययन केन्द्रले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस