३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस २०२२ मा पहिलो अडिसनबाट ३० बालबालिका छनौट



अ+ अ-

काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगिताको आज भएको पहिलो अडिसनमा ३० जना प्रतियोगी बालबालिकाहरुलाई छनौट गरीएको छ ।

प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपाल २०१९की विजेता शान्ति लिम्वु ,मनिषा विमली र जुम्वा प्रशिक्षक सोनाम केसी रहनु भएको थियो । साथै अन्तिम अडिसन वैशाख १० गते गरिने छ भने प्रतियोगीहरुको प्रशिक्षण ११ वैशाखबाट सुरु हुने आयोजक सँस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी गराएका छन् ।

उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि तुलाधरले जानकारी गराए ।

प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स ,साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान बालगृह, नेपाली फिल्म,नारायणहिटि दरवार संग्राहालय, अपाङ्ग वाल सेवा केन्द्र, वृद्धा आश्रम लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ । भने विभिन्न खेलहरु साथै विधिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु गरिने छ ।

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । जुनियर स्कुल प्रिन्सेस–२०२२ को चयन भने २०७६ साल बैसाख २४ गते राष्ट्रिय नाचघर जमलमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेज–२०२२ की वितेजाले छात्रावृति ,साईकल साथै अन्य विभिन्न उपहार प्राप्त गर्नेछिन् । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।