२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुँइमा खसेको टिप्छु भन्दै गर्दा पोल्टाको पोखिने भयो: गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानिय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताउनुभएको छ ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताउनुभएको हो । उहाँले गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बिचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफु निर्वाचन लड्ने बताउनुभएको हो । स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले व्यक्तिगत रुपमा आफु तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताउनुभयो । उहाँले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन । चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो । मत राखेँ । तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ । पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो । परिवारमा बुबा, आमा, छोरा, छोरी, श्रीमान, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ । यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मतमा अरुलाई मनाउने कोसिस गर्छौ । मानेनौ भने कहिलेकाहीँ परिवारको एउटा निर्णयलाई हामी मानेर हिड्छौँ । पार्टीको सन्दर्भमा पनि यही कुरा हुने हो । तर मलाई यो भनिरहँदै गर्दा पनि फेरीपनि के लाग्छ भने हामीले यसका बारेमा, नेपालको लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भनेर यो विषयका बारेमा एउटा उचित समयमा छलफल गर्नैपर्छ । बहश गर्नैपर्छ भन्ने लाग्छ । गठबन्धनमा रहेका दलहरुका बिचमा देशैभरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ । छलफल चल्दै गर्दाखेरी कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन, तालमेल हुँदैन । कुराकानी मिलेन भनेदेखि आ–आफु लड्न पाइन्छ । लड्न पाउनुपर्छ । स्थानीय पार्टीका नेताहरुले ठिक छ भनेर भन्नुभयो हुन्छ । यहाँका साथीहरुले हुँदैन भनेर भन्दैगर्दा त्यो भन्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर थोपर्न पाउँदैन । त्यो थोपरेको कुरालाई तल कसैले मान्दा पनि मान्दैन । किनभने हामीले अहिले भुँइमा खसेको टिप्छु भन्दैगर्दा पोल्टाको पोखिने डर हुन्छ । हामीले पहिले आफ्नो घर सम्हाल्नुपर्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उहाँको भनाई छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उहाँले बताउनुभयो ।