२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनमा केन्द्रित:ओली



अ+ अ-

​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको बताउनु भएको छ । नयाँ वर्षको २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दे अध्यक्ष ओलीले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको उल्लेख गर्नुभयो ।

सन्देशमा ओलीले भन्नुभएको छ “केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरूको जङ्गली आकाङ्क्षा, कुण्ठा र ईर्ष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो। ”

सन्देशमा भनिएको छ “विसङ्गति, बेथिति र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ ।” शुभकामना सन्देशमा भनिएको छ गत वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्य शक्तिको दुरुपयोगमा सक्रिय भएको भन्नुहुँदै व्यवस्थापिका निकम्मा हुन पुगेको र कार्यपालिकाको छायामुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै गएको छ । “संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रूपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ ।

अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ “केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ । ”