३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोड्दै (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताउनु भएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो ।

योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताउनु भयो । उहाँले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बताउनु भयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषयहरु पनि धेरै आएका छन् । हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसावले अहिले यूएनमा इमर्जेन्सी स्पेशल शेषन चलिरहेको छ । १७ औँ शेषन चलिरहेको छ । त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ ।

त्यसमा नेपालले आफ्नो मत अभिमत, आफ्नो धारणा कन्ट्रीको पोजिशन, मन्तव्य, वक्तव्य सबै जारी गर्दै आएको छ । त्यसमास विभिन्न सवालमा हामीले हामीले मेरिटको आधारमा आफ्नो मतलाई जाहेर गर्दै, प्रकट गर्दै आएका छौँ । हामीले महत्वका आधारमा ४ वटा ठाउँमा हामीले युक्रेनको पक्षमा भोट गरेका छौँ । २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेका छौँ । अब १७६ मुलुकसँग हाम्रो कुटनीतिक सम्बन्ध कायम भएको छ ।’

प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालीरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनु भयो । प्रवक्ता लम्सालले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताउनु भयो ।