३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस् : पूर्वअध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

नववर्ष–२०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद् भविष्यका लागि अनवरत सङ्घर्ष गरिरहेका छौँ ।”

राजनीतिकरूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उहाँले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “बिग्रँदो अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दल, नेतृत्व तहका व्यक्ति र नेपाली मात्रले नयाँ वर्ष राजनीतिकरूपले स्थिर र सवल, विकास र समृद्धिका लागि सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सवल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔँ भन्ने कामना गर्दछु ।”