• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

न्युयोर्कमा गोली चल्यो ५ को मुत्यु , १३ जना घाइते



काठमाडाैंः अमेरिकाको व्यस्त शहर न्युयोर्कको ब्रुकलिनको सब वे मा गोली चल्दा  ५ जनाको मुत्यु भएकाे छ । यस गोलीकाण्डमा कम्तीमा १३ जना घाइते भएको एपी समाचार संस्थाले जनाएको छ ।

बिहानको व्यस्त समयमा सब वे मा एक व्यक्तिले गोली चलाएका थिए । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ, र उनी अझै फरार छन् । गोली लागेका व्यक्तिहरु रक्ताम्य भएका दृश्यहरु सार्वजनिक भएका छन् । न्युयोर्कमा भएको यस घटनासँगै घटनास्थलमा प्रहरीको व्यापक उपस्थिति रहेको छ ।

उक्त घटनाका बारेमा राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइएको छ । न्युयोर्कका मेयरले सबैलाई धैर्य गर्न आग्रह गर्नु भएको छ ।

गाेली चलाउनुकाे उद्देश्य अझै स्पष्ट नभएकाे पनि अन्तरराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।