२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.७८ अंक घटेर २३८५.०१ विन्दुमा, हिमालयन डिस्टिलरी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ ।

मंगबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ । सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये होटल तथा पर्यटन उपसमुहको सूचक बढेको छ । होटल तथा पर्यटन उपसमुहको सूचक ०.१० प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमुहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त शेयरमूल्य १० प्रतिशतल बढेको छ । तर यता इमर्जिङ्ग नेपाल ,यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर शेयर मूल्य गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रोमा नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।