२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.७८ अंक घटेर २३८५.०१ विन्दुमा, हिमालयन डिस्टिलरी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ ।

मंगबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ । सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये होटल तथा पर्यटन उपसमुहको सूचक बढेको छ । होटल तथा पर्यटन उपसमुहको सूचक ०.१० प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमुहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त शेयरमूल्य १० प्रतिशतल बढेको छ । तर यता इमर्जिङ्ग नेपाल ,यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर शेयर मूल्य गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रोमा नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।