• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री

गठबन्धन भनेको बाहिर हेर्दा सग्लो तर फत्याकफुतुक कुहिएको फर्सि जस्तो- ओली (भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई कुहिएको फर्सिको संज्ञा दिएका छन् ।

मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अहिले हामीले प्रचण्ड, माधव नेपाल देखेका छौं, उहाँहरुको चर्चा गरिरहन चाहन्न, जनताले चिनिसके । गठबन्धन भनेको अहिले बाहिरबाट हेर्दा सग्लै छ जस्तो, यसो औंलाले छुनुभो भने बोक्रो हट्नेबित्तिकै फत्याकफुतुक कुहिएको फर्सिजस्तो यिनीहरु चिनिन्छन् ।’

आगामी स्थानीय तहको निर्वाचनमा बामपन्थीहरुको पुरानो किल्लाको रुपमा रहेको ललितपुरलाई थप सशक्त बनाउन ओलीले आग्रह गरे ।

बामपन्थी भन्नाले अन्य कोही छकि भनेर भ्रममा नपर्न पनि ओलीले आग्रह गरे ।

ओलीले भने, ‘बामपन्थी भन्नाले अन्य कोही छकि भनेर भ्रममा नपर्नु होला, बामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि–पछाडि लाग्ने बामपन्थी हुन्छ ? कांग्रेसको पछाडि लागेपछि कांग्रेसपन्थी भएन ?’