२५ श्रावण २०८३, सोमबार
,
Latest
गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन भनेको बाहिर हेर्दा सग्लो तर फत्याकफुतुक कुहिएको फर्सि जस्तो- ओली (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई कुहिएको फर्सिको संज्ञा दिएका छन् ।

मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अहिले हामीले प्रचण्ड, माधव नेपाल देखेका छौं, उहाँहरुको चर्चा गरिरहन चाहन्न, जनताले चिनिसके । गठबन्धन भनेको अहिले बाहिरबाट हेर्दा सग्लै छ जस्तो, यसो औंलाले छुनुभो भने बोक्रो हट्नेबित्तिकै फत्याकफुतुक कुहिएको फर्सिजस्तो यिनीहरु चिनिन्छन् ।’

आगामी स्थानीय तहको निर्वाचनमा बामपन्थीहरुको पुरानो किल्लाको रुपमा रहेको ललितपुरलाई थप सशक्त बनाउन ओलीले आग्रह गरे ।

बामपन्थी भन्नाले अन्य कोही छकि भनेर भ्रममा नपर्न पनि ओलीले आग्रह गरे ।

ओलीले भने, ‘बामपन्थी भन्नाले अन्य कोही छकि भनेर भ्रममा नपर्नु होला, बामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि–पछाडि लाग्ने बामपन्थी हुन्छ ? कांग्रेसको पछाडि लागेपछि कांग्रेसपन्थी भएन ?’




भर्खरै