९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली खाना र स्वादलाई विश्वव्यापी बनाउन मन्त्री आलेको आग्रह



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी ९नाथुम० ले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरुले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको छ, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरुको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरुले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनु प¥यो ।”

यसैगरी मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्प्रर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएकोसमेत बताउनुभयो । यसैगरी मास्टर सेफका प्रतिस्पर्धीहरु नाथुमका कार्यालयमा आउनु भनेको यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानामा क्षेत्रीयस्तरको स्वादको सबैभन्दा महत्वपूर्ण भूमिका रहने गदर्छ, आफूले सिकेको कुरा यहाँ अध्यान गर्ने विद्यार्थीलाई सिकाउनु होला ।” यसैगरी मन्त्री आलेले आफू छोटो कार्याकालको सुरुदेखि नै पर्यटन प्रवद्र्धनका लागि प्रयासरत रहेको र पर्यटन प्रवद्र्धनका लागि विभिन्न विज्ञहरुलाईसमेत अहिले नेपाली पर्यटन क्षेत्रमा नियुक्त गरेको जानकारीसमेत गराउनुभयो ।

सोही अवसरमा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धनका लागि निर्मल पूर्जा निम्सलाई पर्यटन दूतका रूपमा नियुक्त गर्नुका साथै भारतका प्रख्यात बलिउड कलाकार सलमान खानसँग भर्चुल मिटिङ गरी नेपालको पर्यटन क्षेत्रमा कोरोनाको कुनै असर नरहेको सन्देश दिएको बताउनुभयो । नेपालमा पर्यटक भित्र्याउन तथा यहाँको पर्यटन प्रवद्र्धनका लागि सलमान खान जस्ता कलाकार नेपाल ल्याउन लागेकोसमेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिनुभयो ।

बीबीसी माष्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्ट हुनेमा सन्तोष शाह, श्री एलेक्स वेब, श्री बार्ट भान डरली, सुश्री फिली आर्मिटेज (माटिन) रहेको नाथुमका प्रमुख राजेश उप्रेतीले जानकरी दिनुभयो । रासस