२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहले जिते सर्वोत्कृष्ट नायकको अवार्ड



कलाकार पल शाह
अ+ अ-

काठमाडौं । अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड जितेका छन् ।

चलचित्र विकास बोर्डमा आज प्रदान गरिएको बक्स अफिस फिल्म अवार्डमा जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइरहेका शाह सर्वोत्कृष्ट नायक घोषित भएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड जित्दा सोही चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । यस्तै, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

यस्तै चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ । अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । जेलमा रहेका पल शाह उपस्थित नभएपछि उनको अवार्ड पनि पुजाले थापेकी थिइन् ।