१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहले जिते सर्वोत्कृष्ट नायकको अवार्ड



कलाकार पल शाह
अ+ अ-

काठमाडौं । अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड जितेका छन् ।

चलचित्र विकास बोर्डमा आज प्रदान गरिएको बक्स अफिस फिल्म अवार्डमा जबरजस्ती करणीको आरोपमा जेल जीवन बिताइरहेका शाह सर्वोत्कृष्ट नायक घोषित भएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड जित्दा सोही चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । यस्तै, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

यस्तै चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ । अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । जेलमा रहेका पल शाह उपस्थित नभएपछि उनको अवार्ड पनि पुजाले थापेकी थिइन् ।