२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनपे तेस्रो वर्षमा, ५ लाख बढि मर्चेन्ट, दैनिक तिस करोड बढिको कारोबार



अ+ अ-

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान(एऋक्ष् म्क्क् खघ।द्द।ज्ञ० प्रमाणीकरण प्राप्त संस्था हो । 

कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।