२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४४.५६ अंकले ओरालो, २ अर्ब २६ करोड बढीको कारोबार



अ+ अ-

काठमाडौँ । यो हप्ताको पहिलो कारोबार भएको दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचकमा ओरालो झरेको छ ।

गत विहिबार बढेको शेयर बजार सोमबारको बढ्ने अपेक्षा विपरित घटेको छ । आजको कारोबार घटेर नेप्से परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि गत बिहीबारको कारोबार रकम भन्दा सामान्य सुधार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत घटेको छ । त्यस्तै, जीवन बीमा , वित्त, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार नेप्से ओरालो लागेपनि दुई वटा कम्पनीकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।