३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

Latest
‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनका नेताहरुले संयुक्त अपिल जारी गर्ने



अ+ अ-

सत्तारुढ पाँच दलीय गठबन्धनको तयारी र अनुगमन समितिको आइतबारको बैठकले गठबन्धनबीच तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरेको छ ।

समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिको बैठकले तीन बुँदे निर्णय गर्दै आइतबार साँझ सो जानकारी दिएको हो ।

समितिका सचिव अधिवक्ता केशवराज जोशीकाअनुसार निर्णयलाई शीर्ष नेतृत्व समक्ष प्रस्तुत गरिने छ । बैठकका मुख्य तीन निर्णयमध्ये पहिलो नम्बरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरिने उल्लेख छ ।

यसैगरी, प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति केन्द्रमा पठाउने तथा गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तहको निर्वाचन एवम् समसामयिक विषयमा छलफल गरी संयुक्त अपील जारी गर्ने निर्णय बैठकले गरेको छ ।

शीर्ष नेताहरूको बैठक सोमबार पुनः बस्न सक्ने सम्भावना रहेको बताइएको छ ।