२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई गृहमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाई थियो । उहाँले भन्नु भयो, ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई । अव यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ ।’

गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भिरतापूर्वक लिएको बताउनु भयो । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी संचालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताउनु भयो । उहाँल ब्रेक फेल भएको गाडी चलाउँदा कयौको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरुलाई संचालन गर्न दिन नमिल्ने बताउनुभयो । मन्त्री यादवले गाडीहरुको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘गाडी परीक्षण गरेर मात्रै संचालन गर्नुप¥यो । गाडीको ब्रेक फेल भएको अवस्थामा कयौंको जान जाने अवस्था छ । त्यसैले म व्यवसायीहरुलाई आग्रह गर्न चाहन्छु–गाडीको नियमित परीक्षण गरौं । र संचालनमा लैजाऔं । त्यसले अकालमा मानिसहरुको ज्यान जाने अवस्थामा टेवा पुग्छ ।’

मन्त्री यादवले प्रदुषण फैल्याउने खालका गाडीहरु संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।